Rule 31
निकासी पैठारी गर्ने बाटो तोक्न सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको भन्सारको बाटोबाट मात्र आखेटोपहारका निकासी पैठारी गर्न पाउने गरी तोकिदिन सक्नेछ र त्यसरी तोकिएकोमा आखेटोपहार निकासी पैठारी गर्न इजाजत प्राप्त व्यक्तिले सोही भन्सारबाट मात्र आखेटोपहार निकासी पैठारी गर्ने गर्नुपर्छ ।